About



सर्वप्रथम त नमस्कार,
मेरो नाम महेन्द्र गौतम, मेरो जन्म गुल्मी जिल्लाको अर्खले गा वि स वडा नं. ६ (हाल रे न पा ४) मा बुवा केशवराज गौतम र आमा गौरी गौतमको कान्छो सन्तानको रुपमा भएको हो । म चाहि बाल्यकालमा त्यति नबोल्ने आफ्नो नजिकको दुई चार जना साथीभाईसँग मात्र बोल्ने, ऊनीहरुसँग मात्र घुलमिल हुने खालको र लाजको पोको नै थिए भन्दा हुन्छ - मतलव अति नै लजाउथे । मेरो ३ दाजु र ३ दिदीहरु हुनुहुन्छ । मेरो प्रारम्भिक शिक्षा गाऊकै बुध्द प्राथमिक विध्दालयमा भएको हो । त्यहाँ मैले कक्षा ५ सम्म पढें त्यसपछि ६ देखि ८ सम्म चाहि गुल्मीको सबैभन्दा पुरानो स्कुल महेन्द्र मा. वि. मा पढे अनि ९ र १० चाहि तम्घासकै निजि स्कुल अर्जुन आवाशिय मा. वी. मा पढेको हुँ र एस एल सी पनि त्यहि देखि पास गरेको हुँ । पढाईमा चाहि एभरेज स्टुडेन्ट थिए, तर मैले स्कुलका कुनै पनि प्रतियोगितामा कहिल्यै पनि भाग लिईन किनकी मैले अघि नै भनिसके म अति नै लजालु थिए भनेर । सोहिकारण अलि डराऊथे अगाडि आऊन नै, अब त्यस्तो मान्छेले कसरी भाग लेला र हैन?

एस एल सि दिएपछि चाहि म काठमाडौं आए मेरो दाजुहरु सबै यतै हुनुहुन्थ्यो । विस्तारै रिजल्ट पनि आयो प्रथम श्रेणीमा पास पनि भए र यतै बस्ने अनि म्यानेजमेन्ट लिएर पढ्ने घरसल्लाह भयो र सोहि अनुसार कक्षा ११ मा नयाँ बानेश्वरको नोवेल एकेडेमीमा भर्ना भए । ११, १२ पास पनि त्यहिबाट गरे र त्यसपछि घरमा विदेश पढ्न जाने भन्ने कुरा भयो अनि IELTS पढे र बाहिरको तयारीमा लागे । बाहिरको तयारीमा लाग्दा चाहि यहाँ पनि भर्ना भईएन बाहिर जाने कुरा पनि के के मिलेन त्यो पनि सफल भएन । पढाई पनि एक वर्ष ग्याप भयो र त्यो ग्यापमा काम पनि थिएन, अनि मेरो माईलो दाजु खुमानन्द गौतम जो गितकार पनि हुनुहुन्छ ऊहाँले केक कुकिजको व्यापार गर्नुहुन्थ्यो मैले पनि त्यहि सघाऊन थाले । विस्तारै दिन बित्दै गए र नयाँ भर्ना शुरु भयो, मलाई पढ्ने पटक्कै मन थिएन किनकी एक त ग्याप पढने बानी गईसक्या थियो अर्को नेपालको शिक्षा वुर्जुवा लाग्थ्यो प्राक्टिकल लाईफमा युजलेस र साथसाथै मैले पढेर डिग्री लिएर जागिर खाने सोच कहिल्यै बनाईन । मेरो मनमा चाहि सडकमा नै किन नहोस काम आफ्नै गर्नपर्छ भन्ने भावना थियो र पनि घरको करले पशुपती क्याम्पसमा भर्ना भएर वि वि एस पढ्न थाले । दोस्रो वर्षको सम्म परिक्षा पनि दिए त्यहि समयमा कता कता बाट शंकर दाईको कल्चरमा डान्स सिक्न पुगे । विस्तारै शंकर दाई र म एकदम नजिक पनि भयौं । दाईले हेन्डसम छौं भिडियो खेल्नुपर्छ भन्नहुन्थ्यो म केहि बोल्दिनथे । मैले त्यता सोचेको पनि थिईन र गर्न सक्छु होला जस्तो पनि लाग्दैनथ्यो । समय अघि बढ्दै गयो शंकर दाईले भिडियो पनि गराउनु भयो । काम राम्रो छ भन्ने कुरा आयो तर म मार्क भईन मतलव अफर चाहि आएन । लगभग ७, ८ वटा गित गर्या थिए होला तर सबै भिसिडीमा आऊने गित मात्र टिभीमा नबज्ने । त्यतिबेला भिसिडी निकाल्ने चलन थियो र एल्वमको बि साईडको गितको भिडियो चाहि भिसिडी भर्नको लागि मात्र गरिन्थ्यो । म तिनै भिडियोमा परे । घरमा पनि आफ्नो काम छोडेर यत्ति धेरै हिडिसकिस खोई तेरो कहि कतै केहि आऊन्न अब केहि हुनेवाला छैन भन्ने कुरा हुन थाल्यो । त्यो समयमा मलाई नि हो कि क्या हो जस्तो पनि लाग्यो र हल्का मानसिक तनाव पनि भएको थियो तर मैले यो कुरा कसैलाई भनिन । समयक्रम सँगै गितकार/संगितकार करन न्यौपाने निर्देशक/मोडल शिवन पोखरेल हामी मिल्ने साथी भईसकेका थियौं । करन न्यौपानेको अलि ग्याप भएको रहेछ गित संगित क्षेत्रमा एलवम गर्ने कुरा गर्नुभयो । एउटा आफ्नै शब्द संगित गर्ने अर्को अरुको शब्द संगित राख्ने भन्नु भयो र शिव हमालको शब्द संगितमा 'थाहा पाए विहे गर्दैछौं...' भन्ने गित रेकर्ड भएर भिडियो भयो जसमा मैले अभिनय गरे निर्देशन चाहि शिवन पोखरेलले गर्नुभयो । त्यो गितबाट म हल्का नोटिस भए । त्यो गित टिभीमा पनि राम्रै बज्यो । सोहि समयमा एकनारायण भण्डारी र विनोद बजुरालीले भर्खर रेकर्डिंग स्टुडियो शुरु गर्नु भएको थियो । मेरो पनि हल्का चिनजान भईसकेको थियो, विनोद बाजुरालीले मेरो काम नोटिस गर्नु भएको रहेछ र एकनारायण सरको नयाँ गितलाई यो केटा फिट हुन्छ भनेर एक सरलाई भन्नुभएछ । एक सरले पनि मलाई विश्वास गरेर आफ्नो महत्वकांछी गितमा म नयां नै भए नि अवसर दिनुभयो । र त्यो गित त्यो वर्षमा सर्वाधिक हिट पनि भयो । जसको निर्देशन बाबुराजा के.सी. 'ऊज्जल' ले गर्नु भएको थियो । त्यो गित गरेपछि मैले पछि फर्केर हेर्नुपर्या छैन, जुन गित थियो :
'मैले मन पराएको छु...
नजलाए सो मुटु मलामी यहि मुटुमा मायालाई सजाएको छु ।'

आयो अब गाएक बन्ने कुरा - म भिडियोमा खेल्ने कलाकार भए पनि मेरा मिल्ने साथीहरु धेरै गितकार संगितकार र गाएक पनि हुनुहुन्छ । गितकार संगितकार करन न्यौपाने र एकनारायण भण्डारी त अझै धेरै नै नजिक हुनुहुन्छ र हामी धेरै जसो सँगै पनि हुन्छौं । उहाँहरुले संगित गर्दा म सँगै भएको बेलामा मैले पनि गित समाऊथे अनि स्वर राम्रो छ भन्ने कुरा पनि गर्नु हुन्थ्यो । ऊहाँहरुले सोहि क्रम बढ्दै जाँदा एकदिन करन न्यौपानेले गित रेकर्ड गरौं राम्रो भएन भने अरुलाई दिऊला भन्नुभयो । अनि वहांकै शब्द संगितमा एऊटा आधुनिक गित संगित संसोजन गरेर रेकर्ड गर्यौं । तर त्यो गित मैले आफै सुन्दा पनि आफैलाई स्वर शुट भएजस्तो लागेन । अब मलाई नै मन नपरे पछि अरुले झन के मन पराउलान भनेर त्यो गित मैले रिलिज नै गरिन । तर एउटा गित त गाउनै पर्यो भन्ने भावना मनमा आईसक्या थियो । सोहि क्रममा करन न्यौपानेलाई 'रुन्छ यो मन...' भन्ने गित फुर्या रहेछ त्यो चाहि मलाई शुट हुन्छ भन्ने कुरा भयो । र अघिल्लो जस्तै गरी रेकर्ड गर्यौं अनि एकनारायण भण्डारी लगाएत अग्रज कलाकारलाई सुनाए, राम्रो छ भन्ने प्रतिक्रिया पाए पछि रिलिज गरे । गाएनमा पनि रेसपोन्स राम्रै आयो । फेरि एकनारायण भण्डारीको शब्द/संगितमा लोकगित 'झिल्के' गरे । अघिल्लो भन्दा पनि धेरै मन पराईदिनुभयो । त्यहि हौसलाले अहिले फेरि एकनारायण सरकै शब्द/संगितमा भर्खरै पन्चेबाजाको गित 'पन्चेबाजा घुन्न' पनि निकालेको छु । यो गीतलाइ पनि सबैले मन पराइदिनु भएको छ । अब नयाँ वर्ष तिर अलि फरक खालको गित गर्ने सोच बनाएको छु । हेर्दै जाऊ के हुन्छ, भोलि कस्ले देख्या छ र !