Sunday, November 19, 2017

NEW NEPALI PANCHE BAJA SONG 2074 JANTI // पन्चेबाजा गीत "जन्ती"//



New Nepali Song 2017 – जन्ती
Song Title : JANTI (जन्ती)
Vocal : Gautam Mahendra & Sarita Karki
Lyrics/Music : Eknarayan Bhandari
Artiests : Mahendra Gautam & Karishma Dhakal
Direction : Shankar BC
Camera : Rajesh Ghimire
Editor : Nabin Gharti Magar
Music Arrange : Aashis Aviral
© Mahendra Gautam ::
To stay updated please SUBSCRIBE :: ::
Follow me on Google+ :: ::
Stay Connected on Facebook ::

Love and support Nepali Songs
view more

Friday, May 19, 2017

Sahi Ho Sahi Ho Sahi Ho



मेरो स्वरमा अर्को एउटा नयाँ गीत 'सही हो' आज मेरो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकोछु । 'सहि हो' गीतको शब्द/संगीत एकनारायण भण्डारीको हो भने संगीत संयोजन कृष्ण भान्जाको रहेको छ र रेकर्ड चाहि त्रिवेणी डिजिटलमा गरीएको हो । गीत रेकर्ड गर्ने क्रममा बहुत रमाईलो गरी रेकर्ड गरिएको थियो । मेरा प्रिय मित्र तथा सर्जकहरु करन न्यौपाने र प्रल्हाद सुवेदी पनि मेरो हौसलाका लागि ऊपस्थीत हुनुभएको थियो र अर्को रमाईलो कुरा यो गीत नवबर्षको दिन अर्थात २०७४ वैशाख १ भोकल गरिएको पनि हो ।

यो गीत अलि नाच्ने खालको विटमा कमेडी कमेडी पाराको भएको हुनाले कलाकार चाहि भद्रगोल कि रक्षा उपयुक्त हुने ठानेर हामीले उहाँलाई लिएका हौं । यस भिडियो छायांकनको क्रममा भत्तपुरका विभिन्न ठाऊमा पुगेर छायाकन गरेका छौं, जस्तै ईटा भट्टा, फर्निचर, सानो ठिमी, भत्तपुर पुरानो घर अनि सल्लाघारी मन्दिर लगाएत गरेर धेरै ठाँऊ समेटेका छौं ।

यस भिडियोको छायांकन उत्सव दाहालले गर्नु भएको छ भने निर्देशन बब्बु थापाले गर्नु भएको छ । भिडियो रमाइलो खालको भएको छ, माया गर्दिनु हुनेछ भन्ने अाशा राखेको छु । भिडियो हेर्नु भएर यहांहरुको प्रतिकृया अनि कमेन्ट गरिदिनुहोला ।

view more

Wednesday, November 23, 2016

Pradip Giri's Love Sight (प्रदीप गिरीको १५ प्रेम वचन)


Photo source: Internet (Google)

केही दिन अगाडी मेरा निकै साथीहरुले कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद प्रदीप गिरीले www.nepalkhabar.com मा लेख्नु भएको 'प्रदीप गिरीका १५ प्रेम वचन' हरु आफ्नो फेसबुका भित्तामा शेयर गर्नुभएको थियो । मैले पनि यहां वहाँको १५ वचन जस्ताको तस्तै राखेको छु, निकै यथार्थिक लाग्यो मलाइ पनि । प्रदिप गीरीको १५ प्रेम वचन मघ्ये मलाई सात नंबर बुंदा ले निकै आकर्षीत गर्यो । पौराणीक काल देखी नैं हेरौं न । हाम्रो समाजमा विवाहको आदर्श भगवान राम हुन् तर प्रेमको आदर्श भगवान कृष्ण । राम रुन्चे छन्, कृष्ण प्रफुल्ल । अहिलेसम्म आदर्श प्रेमी भनिएका लैला–मजनु, रोमियो–जुलियट, राम–सीता सबैको तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ तर राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन । यदी राधा र कृष्णको पनि विवाह भएको भए त्यस्तै कुनै सामाजीक वन्धनमा पो बाधीन्थे की? या कृष्णले राधाको अग्नी परिक्षा लिनु पर्ने पो हुन्थ्यो की? हुन त म प्रेममा परेको छैन, तर यदि कुनै दिन साँच्चै म प्रेममा परें भने विवाह गरेर भन्दा यत्तीकै कृष्णले राधालाई जस्तो प्रेम गर्न चाहन्छु । तपाइको प्रेमा वचन के छ त? भन्नुहुन्छ कि?

'प्रेममा परेपछि पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे' रे...


Photo source: Internet (Google)

१. प्रेम स्वतन्त्रताको अर्को नाम हो । जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम होइन ।

२. तपाईं कसैसँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यहाँ स्वतन्त्रता हुँदैन । स्वतन्त्र हुन रोमान्टिक र उच्छृंखल हुनुपर्छ तर विवाहले मान्छेको रोमान्टिक चाहनालाई बाँध्छ ।

३. विवाह र परिवारजस्ता सम्बन्धसँग म सहमत छैन । यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ। तर त्यसपछि पनि प्रेमको अन्त्य हुँदैन ।

४. विवाह र प्रेमबीच कुनै सम्बन्ध नै छैन र हुनु पनि हुँदैन । विवाह सामाजिक करार हो, प्रेम हृदयको व्यापार हो । विवाह–सम्बन्ध त निजी सम्पत्तिसँग छ ।

५. प्रेमका सन्दर्भमा मान्छे एकलगामी होइन, स्वभावैले बहुगामी प्राणी हो । बाहिर अरु युवती देख्दा पुरुषको मन चञ्चल हुन्छ। घरकी श्रीमतीले थाहा पाउँछे कि भनेर मात्रै ऊ डराउँछ । महिलाको मन पनि त्यस्तै हो ।

६. प्रेमिकालाई जे मन पर्छ, त्यो उपलब्ध गराइदिंदा मलाई खुशी लाग्छ । मान्छेहरू प्रेमिकालाई आफ्ना गाइवस्तु, भेडाबाख्रा वा गाडीजस्तो ठान्छन् । मेरा लागि प्रेमिका वा पत्नी सम्पत्ति वा वस्तु होइनन्, छुट्टै व्यक्ति हुन् ।

७. विवाहको आदर्श राम हुन्, प्रेमको आदर्श कृष्ण । राम रुन्चे छन्, कृष्ण प्रफुल्ल । अहिलेसम्म आदर्श प्रेमी भनिएका लैला–मजनु, रोमियो–जुलियट, राम–सीता सबैको तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ तर राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन ।

८. राधा–कृष्णको वियोग पनि स्वेच्छाको थियो । स्वेच्छाले उनीहरू आ–आफ्नो बाटो लागे, कसैले रोकेन । प्रेममा दैहिक उपस्थिति वा अनुपस्थिति अर्थहीन हुन्छ। ज्यान छुट्टिएर बस्दा पनि नछुट्टिने प्रेम नै महान् प्रेम हो । प्रेमको त्यो दैवीय स्वरुप कृष्णमा नै छ ।

९. प्रेम स्त्री–पुरुष सम्बन्ध मात्रै हैन । प्रेम त्यस्तो विन्दू हो, जसको कुनै लम्बाइ–चौडाइ नाप्न सकिन्न । प्रेम र जीवनको अर्थ अलगअलग हुँदैन, प्रेमलाई पूर्णतामा बाँध्नु जीवनलाई पूर्णतामा बाँध्नु हो भने जीवनलाई पूर्णतामा बाँध्नु प्रेमलाई पूर्णतामा बाँध्नु ।

१०. प्रेममा परेर घरबार छाड्ने, विद्रोह गर्ने वा विवाह नै नगर्ने महिलाहरू अत्यन्तै उदार चरित्रका हुन्छन् । सच्चा प्रेमी विद्रोही हुन्छ ।

११. समाजले चरित्रहीन वा विपथगामी भनेका महिला वा पुरुषमा मैले महान् आत्माको दर्शन गरेको छु । प्रेममा लाञ्छित सबै पात्रमा महान् गुणहरू हुन्छन् ।

१२. समाज बदल्न हिंडेकाहरू समाजलाई नै प्रेम गर्छन् । संसारका सच्चा क्रान्तिकारीहरू सच्चा प्रेमीहरू हुन् ।

१३. प्रेममा पुरुषभन्दा महिला बढी प्रफुल्लित हुन्छन्। प्रेममा परेपछि प्रत्येक पुरुष डराउन थाल्छ, स्त्री चाहिं बलवान र निडर हुन थाल्छे । पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे । प्रेम हुनासाथ पुरुषमा स्त्रीका र स्त्रीमा पुरुषका गुण तथा स्वभाव साटिन थाल्छन् । प्रेम गर्ने अधिकांश महिलाहरूले साहसिक निर्णय गरेका छन् ।

१४. हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो । आफै केही हुन्छ भने त्यो वासना हो । तर प्रेम आफै हुँदैन । प्रेम भनेको व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो ।

१५. प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो छ । तर प्रेमविहीन मान्छे कस्तो हुन्छ, चिन्न सजिलो छ । किनकि क्रोधित, आक्रोशित मान्छे परैबाट चिनिन्छ ।


Photo source: Internet (Google)
view more

Saturday, November 12, 2016

Jhilke (झिल्के)




'झिल्के...' बोलको यो गीत मेरो पहिलो गायन हैन तर निकै साथीहरुले मेरो पहिले गीत भनेर प्रतिकृयाहरु दिनुभएको छ । मेरो पहिलो गीत 'रुन्छ यो मन...' भन्ने हो । जुन गीत मैले लगभग चार वर्ष अगाडि नै गाएर रिलीज गरेको थिए जसमा शब्द संगीत मेरो आत्मिय मित्र तथा गीतकार संगीतकार करन न्यौपानेको रहेको थियो । त्यसबेला चाहि मैले गीत गाएँ भनेर प्रचार प्रसार नगरी निकालेको थिए त्यसैले धेरैले मैले गाएको हो भन्ने नै थाहा पाउनु भएन । मेरो नजिकको साथी भाईलाई मात्र थाहा थियो र अरु सुन्नेले पनि अरुकै गीतमा अभिनय गरेको होला भनेर बुझनु भयो धेरैले ।

मेरो नयाँ गीत 'झिल्के'को कुरा गर्नुपर्दा मलाई एकल लोकगीत गर्ने मन थियो त्यो कुरा मैले गीतकार एकनारायण भण्डारी सरलाई भनेको थिए, मलाई लोकगीत तर अली क्याची टाईपको चाहियो भनेर । अनि ऊहाँले मलाई सुनाऊने क्रममा ३ वटा जति लोकगीत सुनाउनु भयो । मलाई चाहि 'कपाल काटे जुगा नि मिलाए हेर्छौ भनि नया कोट सिलाए...' भन्नेले क्लिक गर्यो । मैले यहि गरौ भनिहाले अनि एकनारायण सरले मेलोडीलाई परिमार्जित गरेर मैले गाउन सक्ने सुहाऊने खालको बनाईदिनु भयो र हामी संगीत संयोजनको लागि आशिष अविरलको मा गयौं अनि उहाले मिठो संयोजन गर्दिनु भयो र मारुनि स्टुडियोमा रेकर्ड गर्यौं ।

गीत रिलीज पछी सबैले राम्रो गाउनु भयो भनेर हौसाला दिनुभयो । भिडियोको बारेमा - पहिलो गीतमा मैले आफै अभिनय पनि गरेको भएर गाएको पनि हो भनेर मार्क गर्नु भएन दर्शक हरुले । किनकी मेरो प्रमुख पेशा त अभिनय हो । सोहि कारण धेरै साथीले अभिनय पनि आफै गर भनेर सुझाव दिएपनि मैले मनमनै नगर्ने निर्णय गरिसकेको थिए । सोहि कुरा मैले शंकर विसी दाईलाई सुनाए अनि ऊहाले पनि हैन तिमी नै गर भन्नुभाथियो, मैले म नगर्ने दाई गायकको रुपमा प्रस्तुत हुने भनेर ढिपी गरे । अनि उहाँ निर्देशन गर्न राजी हुनुभयो 'अनि को खेलाऊने त' भन्नुभयो मैले 'हजुर नि दाई' भने । ऊहाँ अलि सरप्राईज टाईपको हुनुभयो । अनि मैले फिल्म वा आधुनिकको खोज्दिन दाई लोकदोहोरीमा हिट तपाई हो भने । ऊहा सहमत हुनुभयो अनि केटि को राख्ने भन्नु भयो । मैले फ्याट्ट 'रन्जिता गुरुङ' भने । किनकी मैले केटा म खेले पनि नखेले पनि केटि रन्जिता राख्ने सोच बनाईसकेको थिएँ । रन्जितासँग दुई तिन पटक अनौपचारिक कुरापनि राखिसकेको थिए, हुन्छ भनेकि थिईन । रन्जिता मेरो मिल्ने साथी पनि हुन । भिडियो पनि गीत जस्तै हल्का कमेडी शैलीमा बनाउने सल्लाह अनुसार बनायौं र म्युजिक नेपालको यु-ट्युव मार्फत रिलिज गर्यौ । सबैले राम्रो प्रतिक्रिया पनि दिनुभयो गायनमा पनि । र शंकर विसी दाई र रन्जिता गुरुङलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु किनकि ऊहाँहरु दुवै जनाले विना पारिश्रमिक काम गर्दिनु भएको छ मेरो भिडियोमा ।


view more

Panche Baja Ghunna (पन्चे बाजा)



कसरी बन्यो 'पन्चे बाजा घुन्न...'?

मेरो भर्खरै रिलीज भएको लोकगीत 'पन्चे बाजा घुन्न...' गीत पनि मेन स्ट्रिमको गीत भन्दा खासै फरक चाहि लाग्दैन मलाई । त्यही हो लगनको महिनामा चाहि अलि बढी खोजिन्छ अलि बढी बजाईन्छ भन्ने मात्र हो नत्र भने अरु समयमा समेत हल्काफुल्का बजिरहेकै हुन्छन ।

म अहिले तत्काल कुनै गीत गर्ने योजनामा थिईन, एकनारायण भण्डारी एउटा राम्रो स्रष्टा स्रर्जक त हुनुहुन्छ नै र साथसाथै मेरो असल अनि नजिकको मित्र पनि हुनुहुन्छ सोहि कारण हामी चिया कफी वा खाजा खाने समयमा भेटिरहेका हुन्छौं । त्यो भेटमा माहोल मिल्यो भने एकनारायण सरले नयाँ सृजना मलाई सुनाउनु पनि गर्नु हुन्छ । सोहि क्रममा एकदिन खाजा खाने गरी म, एकनारायण सर अनि मदन खनाल (गितकार, पत्रकार, गायक) भेट भयौं अनि खाजा आऊदै र खाँदै गर्दा सम्म ऊहाले रेकर्ड भएर आऊन लागेका कसैलाई बोलिसकेका र यो पन्चेबाजा गरी आधा दर्जन जति गित सुनाउनु भयो । म पश्चिम गुल्मीको मान्छे त्यहाँ पन्चेबाजा खुबै रुचाईन्छ म पनि यो बाट अछुतो कसरी हुन सक्थे र, मलाई गित मन पर्यो अझै 'कस्ले भन्छ केटि मान्छे जन्ति जान हुन्न...' भन्ने शब्दले झन छोयो कि न की म सान-सानै हुँदा गाऊँतिर कोहि पनि केटि मान्छे जन्ति गएको याद छैन पछि पछि त विस्तारै जान पनि थाल्नुभयो अहिले त धेरै नै जानुहुन्छ ।

अनि मैले 'यो गीत कसैलाई दिनुभा त छैन नी' भने एक सरले 'छैन' भन्नुभयो, 'मैले गाउन सक्छु यो गित?' भनेर प्रश्न गरे । उहाँले 'सकिहाल्नुहुन्छ नि' भन्नु भयो अनि मदन सरले पनि थप्नुभयो 'ईच्छा छ भने यो गित गर्दा हुन्छ सर हजुरलाई यो शुट पनि गर्छ र गीत अली फरक विषयमा पनि छ' भन्नुभयो । अनि एकनारायण सरसँगै हामी तिनैजना यहि गित गुनगुनायौ केहिबेर र एकदुई दिनमा सोचेर म खबर गर्छु है भनेर खाजा खाएर हामी छुट्यौं । अनि एकदुई दिन पछि संयोगवस एउटा स्टुडियो बाहिरको चियापसलमा गितकार/संगितकार करण न्यौपाने म अनि लोकगायिका सरिता कार्की भेट भयो, चिया खाजा खाँदै गर्दा प्रसंगवस यहि कुरा निस्क्यो । लोकगायिका सरिता कार्कीले पनि अहिले सम्म आफुले पन्चेबाजाको गित नगरेको र गर्नभने ईच्छा लागेको कुरा बताऊनु भयो । मैले यस्तो खालको एउटा गित रहेछ भनेर एक सरले गाएर सुनाएको मोवाइलमा रेकर्ड गरेको थिए त्यहि सुनाए । ऊहाँले पनि मन पराउनु भयो एक सरलाई हामीले गित गर्ने कुरा अवगत गराए र मेरो बानी फेरि कुनै काम गर्ने भनेर आँट गरिसकेपछि एकदमै चाँडै गर्न खोज्ने खालको छ सो तुरुन्तै आशिष अविरललाई संगीत संयोजन गराएर मारुनी स्टुडियोमा रेकर्ड गरेउ ।

अब त्यति धेरै अरु प्रोफेसनल गायीका हुदाहुदै सरिता कार्की नै किन भन्ने प्रश्न पनि आऊला । ऊहाँले शुरुको गित देखि अहिलेसम्म एकाध गितबाहेक लगभग सबै गितमा मलाई खेलाउनु भएको छ, यतिधेरै सहकार्य गर्नुभएको छ भने ऊहालाई गाउन नलगाएर अरुलाई गाउन लगाऊन त मेरो नैतिकताले पनि दिन्न नि, कि कसो हैन र? कि त ऊहा गाउन नसक्ने हुनुपर्यो फेरि उहाले राम्रो पनि गाउनुहुन्छ र स्वर पनि मिठो छ ।

अब पालो भिडियोको - शंकर दाई सँग व्यवसायीक मात्र नभएर पारिवारिक पनि नजिक छौं त्यसैले मोडल करिश्मा ढकाललाई राखेर अनि मैले आफै अभिनय गरेर भिडियो बनाऊने निचोड निकाल्यौ र भिडियो बनायौं अनि सबै साथीको सल्लाह र आग्रह अनुसार मेरो आफ्नै नयाँ यु-ट्युव च्यानलबाट अपलोड गरेको छु प्रतिक्रिया नि राम्रै आएको छ । तपाइले पनि मेरो 'पन्चे बाजा घुन्न' गीतको यो भिडियो हेर्नु भएको छैन भने हेर्नुहोला अनि प्रतिकृया पनि लेख्नु होला है ।

view more